विघटनको अधिकार कार्यकारीमा निहित
गोरखापत्र अनलाइन
फाल्गुन १०, २०७७ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा (संसद्) विघटन गरेपछि विघटनविरुद्धको रिटमाथि अहिले सर्वोच्चमा सुनवाइ चलिरहेको छ । सर्वोच्च अदालतका साथी– एमिकस क्युरीको तर्फबाट सर्वोच्च अदालतमा बहस गर्दै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संसद् विघटनको अधिकार कार्यकारीमा निहित हुने तर्क दिनुभयो । उहाँले २०४७ को संविधानको धारा ५३ (४) को व्यवस्थालाई पनि अहिलेको संविधानले हटाएको निष्कर्ष निकाल्न नहुने तर्क गर्नुभयो...