नेपालका सन्दर्भमा राष्ट्रियताको चर्चा
गोरखापत्र अनलाइन
असार २३, २०७८ बुधबार
केही समययता ‘राष्ट्र’, ‘राज्य’ र ‘बहुराष्ट्रिय राज्य’ का बारेमा थुप्रै चर्चा तथा परिचर्चा भइरहेका छन् । खासगरी देशको स्वाधीनता, सार्वभौमिकता तथा अखण्डताका विषयमा आधारित भएर बढी छलफल तथा बहसहरू भए । यी सबै विषयको सार नेपालको ‘राष्ट्रियता’ सँग जोडिएर आएको देखिन्छ । ‘राष्ट्रियता’ का बारेमा चर्चा गर्नुभन्दा पहिले ‘राष्ट्र’, ‘राज्य’ र ‘बहुराष्ट्रिय राज्य’का विषयमा केही चर्चा गरौंँ । प्रायः ‘राष्ट्र’ (नेसन) र ‘राज्य’...