कृषिमा वैदेशिक लगानी
गोरखापत्र अनलाइन
फाल्गुन ११, २०७७ मंगलवार
कृषि क्षेत्रलाई नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । मुलुकका अधिकांश जनसङ्ख्याले यो क्षेत्रलाई आफ्नो जीविकाको साधनका साथसाथै आय र रोजगारीको मुख्य स्रोतका रूपमा अँंगालेको पाइन्छ । कुल जनसङ्ख्याको करिब दुईतिहाइभन्दा बढी जनशक्ति सक्रिय रूपमा आबद्ध रहेको यो क्षेत्रले देशको कुल गार्हस्थ उत्पादनमा भने मुस्किलले एकतिहाइ भागमात्र ओगटेको पाइन्छ । कृषिप्रधान मुलुकमा आयात हुने अधिकांश वस्तुको हिस्सा कृषिजन्य...