अफगानिस्तान र अमेरिकाः चुनौती एवं सुरक्षा
ध्रुवहरि अधिकारी
असार २२, २०७८ मंगलवार
आउँदो भदौ २६ गते ११ सेप्टेम्बर पर्दोरहेछ । राष्ट्रपति जो बाइडेनको अठोट छ, त्यस दिनसम्ममा अफगानिस्तानमा कार्यरत सबै अमेरिकी सैनिक स्वदेश फिर्ता गरिनेछ । खालि दूतावास र काबुल विमानस्थलको सुरक्षाका लागि करिब ६५० सैनिकलाई त्यहीं छोड्ने जानकारी अमेरिकी अधिकारीहरूले प्रेसलाई दिएका छन् । यसैबीच, बेलाइत, जर्मनी, अष्ट्रेलिया, इटाली समेतका सहयोगी देशहरूले पनि अफगानिस्तानबाट आ–आफ्ना सैनिक डफ्फा फिर्ता गरेका छन् । ११...