बहुभाषिक पृष्ठ सुधार गर्नुपर्छ
गोरखापत्र अनलाइन
बैशाख २४, २०७८ शुक्रबार
नेपालकै जेठो दैनिक पत्रिकाका रूपमा प्रकाशित हुँदै आएको गोरखापत्र दैनिकले २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि (२०६४ असोजदेखि) ‘नयाँ नेपाल (बहुभाषिक) पृष्ठ’ छुट्ट्याएर नेपालका विभिन्न जातजाति र भाषाभाषीका सामग्री, समाचार र सूचनामूलक सामग्री छाप्दै आएको छ, जुन सराहनीय छ । विक्रम संवत् २०६८ को ११औँ राष्ट्रिय जनगणनाअनुसार नेपालमा एक सय २३ भाषाभाषी र एक सय २५ जातजाति रहेका छन् । तीमध्ये गोरखापत्र दैनिकले ३८ वटा विभिन्न...