logo
२०८१ बैशाख १७ सोमवार



पर्यटक आम्दानीमा तीब्र ह्रास

विचार/दृष्टिकोण |




निनाम कुलुङ

सन् २०१९ को अन्त्यतिर सुरु भएको (कोभिड–१९) को महामारीका कारणले गर्दा विश्व भ्रमण गर्ने पर्यटकको सङ्ख्या सन् २०२० मा ७४ प्रतिशतले कमी आएको तथ्याङ्क केही समयअघि संयुक्त राष्ट्र सङ्घअन्तर्गतको विश्व पर्यटन सङ्गठन (युएनडब्लुटीओ) ले प्रकाशित गरेको छ । सन् २०१९ मा भन्दा सन् २०२० मा तीनदेखि चार प्रतिशतले विश्व भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्ने प्रक्षेपण गरिएको थियो ।
सन् २०१९ मा एक अर्ब ५० करोड मानिसले पर्यटक भई (ओभर नाइट स्टे) विश्व भ्रमण गरेका थिए ।
विश्व पर्यटन उद्योगले सन् २०२० मा ठूलो सङ्ख्यामा पर्यटक मात्रै गुमायो । पर्यटनबाट हुने आम्दानी पनि ठूलो मात्रामा गुमाएको छ । युएनडब्लुटीओले प्रकाशित गरेको पछिल्लो प्रतिवेदनअनुसार सन् २०२० मा पर्यटनबाट हुने आम्दानीमा सन् २००९ मा विश्वव्यापीरूपमा छाएको आर्थिक मन्दीको समयमा विश्व पर्यटन उद्योगले गुमाएको आम्दानीभन्दा ११ गुणा बढी छ । सन् २०२० मा समय, परिस्थिति र अवस्था सब ठीकठाक भएको भए अर्थात् कोभिड–१९ को महामारीले विश्वव्यापी असर नपु¥याएको भए नेपालमा पनि सन् २०२० मा पनि २० लाख विदेशी पर्यटक नेपाल भिœयाउने सरकारको लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउने घोषणा गरेको थियो । तर कोभिड–१९ को महामारीको व्यापक असरका कारण विश्वका प्राय ः सबै देशले आफ्नो देशमा विदेशी नागरिकहरूलाई भ्रमण गर्न अस्थायीरूपमा प्रतिबन्ध लगाए । नेपाल सरकारले पनि केही ढिला गरी ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई स्थगन ग¥यो । सन् २०१९ मा भन्दा सन् २०२० मा तीनदेखि चार प्रतिशतले विश्व भ्रमण गर्ने पर्यटक सङ्ख्या बढ्ने प्रक्षेपणको ठीक उल्टो ७४ प्रतिशतले कमी आएको छ । सन् २०२० मा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरे । यसो त सन् २०२१ को पहिलो महिना अर्थात् जनवरी महिनामा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको सङ्ख्या उल्लेख्यरूपमा बढेको मान्न सकिन्छ । हालै अध्यागमन विभागको हवालासहितको समाचारअनुसार सन् २०२१ को जनवरी महिनामा आठ हजार ८७४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे । सङ्ख्याकै आधारमा यो अहिलेको विषम परिस्थितिमा धेरै राम्रो मान्न सकिन्छ ।
नेपाल सरकारले अब विदेशी पर्यटक नेपालमा आएर सात वा १० दिन क्वारेन्टानमा बस्नुपर्ने जुन नीति थियो, सो नीतिलाई परिवर्तन गरेर अबका दिनमा नेपाल भ्रमणमा आउने ‘कुनै देशका विदेशी पर्यटकले आफ्नो देशमा कोभिड–१९ महामारी विरुद्धको भ्याक्सिन लगाएर आएको प्रमाणपत्र देखाएमा नेपालको कुनै पनि पर्यटकीय क्षेत्रमा बिना रोकटोक घुम्न जान पाउने बताएको छ । निश्चय नै नेपाल सरकारको यो नयाँ नीतिले नेपाल आएर सात वा १० दिनसम्म अकारण बसेर अनावश्यक खर्च गर्नुपर्ने जुन बाध्यता थियो, त्यसले गर्दा निम्न र निम्न–मध्य आय भएका विदेशी पर्यटकलाई सहज हुनेछ भने धन्याढ्य र समय कम हुनेहरूका लागि पनि बेकारमा सात वा १० दिनसम्म बस्ने र अनावश्यक समय खर्च गर्नुपर्ने समस्या हट्नेछ ।
खासमा, कुनै पनि पर्यटकले सात वा १० दिनसम्म क्वारेन्टाइनमा बस्नु नपर्ने प्रावधान वा नीतिले विदेशी पर्यटकहरू ह्वार–ह्वार्ती आउने होइन । नेपालमा पर्यटन क्षेत्रमा लागेका खासगरी पर्वतारोहण, पदयात्रा, ¥याफ्टिङ, होटेल आदिका मजदुरहरूको अहिलेसम्म जुन बिचल्ली अवस्था छ, त्यसलाई समेट्न सरकार, पर्यटन व्यावसायीहरूले गम्भीर भएर लागेको देखिँदैन । बरु पर्यटन व्यावसायी (मालिकहरू) का लागि भने नेपाल सरकारले सानो–तिनो सहुलियत प्याकेजसम्म ल्याएको देखिन्छ । पर्यटन मजदुरहरूका लागि पनि सरकारले केही न केही राहत र सहुलियत प्याकेज ल्याउनुपर्ने दायित्व हो । मजदुरहरू भनेको केवल पर्यटन क्षेत्रमा मात्रै नभएर जुनसुकै क्षेत्रमा पनि मेरुदण्डको रूपमा रहेका हुन्छन् । तिनको खुसी र सुखीपनले पर्यटक आकर्षित हुने हुन् । तर, नेपाल सरकारले पर्यटन मजदुरहरूका लागि आजसम्म कुनै कार्यक्रम ल्याएको थाहा भएन । पर्यटन मजदुरहरूका लागि पनि नेपाल सरकारले केही न केही प्याकेज, राहत र सहुलियत उपलब्ध गराउनुप¥यो भनी नेपाल पर्यटन बोर्डमा आफ्नो माग राख्न गएको पर्यटन मजदुरहरूको टोलीलाई प्रहरी प्रशासनले उल्टै लाठी–मुङ्ग्री ! गरेको देखिन्छ ।
युएनडब्लुटीओका अनुसार सन् २०२३ मा ४३ प्रतिशतसम्म विश्व पर्यटनमा ‘रिकभर’ हुने अपेक्षा गरिएको छ । त्यसो भए नेपालमा पर्यटनले कहिलेदेखि कति प्रतिशतसम्म पर्यटन क्षेत्रमा प्रगति हुने हो ? पुनरोत्थान गर्न को कसले के भूमिका खेल्नुपर्ने हो ? तत्कालै के के कदमहरू चाल्न सकिन्छ ? सम्बद्धहरूले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
(लेखक पर्यटन मजदुर हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?