सरकार र जनता परिपूरक
गोरखापत्र अनलाइन
भाद्र २८, २०७७ आईतवार
चीनको वुहानमा सन् २०१९ को अन्त्यमा र नेपालमा विक्रम संवत् २०७६ को आखिरीतिर देखिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्व अझै आक्रान्त छ । कतिपय मुलुकमा यसको प्रभाव घट्दोक्रममा रहे पनि नेपालमा बढ्दो छ । छिमेकी मुलुक भारतमा त झनै कहालीलाग्दो अवस्था छ । त्यसको प्रत्यक्ष परोक्ष प्रभाव पनि यहाँ छँदै छ ।
कोभिडविरुद्धको लडाइँमा विश्वमै प्रमुख तीन हतियारका रूपमा भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने वा सेनिटाइजर...