भन्सारमा विद्युतीय प्रणाली
गोरखापत्र अनलाइन
माघ ११, २०७८ मंगलवार
आधुनिक सार्वजनिक प्रशासनमा नवीनतम प्रविधि प्रयोग गरी सुशासन दिने प्रतिस्पर्धा विश्वभर नै चलेको छ । विज्ञान तथा प्रविधिको विकाससँंगै दूरसञ्चार क्षेत्रमा भएका विकासका आयामको उपयोगले नै यो सम्भव भएको हो । इन्टरनेट, इन्ट्रानेट सेवा प्रदायकको विस्तारले विश्व नै एउटा गाउँ भइसकेको आजको परिवेशमा विद्युतीय माध्यमको प्रयोगमा धेरै मानिस अभ्यस्त भइसकेकाले यस क्षेत्रमा ठूलो परिवर्तन आएको देख्न सकिन्छ । नेपालमा पनि इन्टरनेटका...