नेकपामा सुधारका सङ्केत
गोरखापत्र अनलाइन
आश्विन २, २०७७ शुक्रबार
जनताको झन्डै दुईतिहाइ मत पाई शासन सत्ता सञ्चालन गरिरहेको नेपाल कम्युनिस्ट पार्टी आन्तरिक विवादले झन्डै फुटको सङ्घारमा पुगेको थियो । महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित समस्या समाधान सुझाव कार्यदलले तयार पारेको सहमतिको प्रस्तावसहितको प्रतिवेदन स्थायी समितिको बैठकबाट अनुमोदन भयो । प्रतिवेदनमा सङ्घीय मन्त्रिपरिषद्को पुनर्गठन तथा राजनीतिक नियुक्तिसम्बन्धी मापदण्ड, आगामी चैत २५ देखि ३० भित्र महाधिवेशन, सो...