सिल्लाचःह्रे अर्थात् शिवरात्रि
गोरखापत्र अनलाइन
फाल्गुन २७, २०७७ बिहीबार
सनातनी नेपालीले वर्षको विभिन्न तिथिमितिमा विभिन्न सानाठूला चाडबाड मनाउँदै आएका छन् । यहाँ अधिकांश चाडबाड तिथिमा मनाइने गरिन्छ भने केही पर्व सङ्क्रान्ति अर्थात् १ गते मनाउने गरिन्छ । सौरवर्षमा ३६५ दिन हुन्छन् भने चन्द्रवर्षमा ३५४ दिन हुन्छन् । सौरवर्ष सौरमानअनुसार तिथि र चान्द्रवर्ष चान्द्रमानअनुसार दिन, घडी, पला र विवपला गणना गरी निकालिएको वर्ष हो ।
चान्द्रमानअनुसार गणना गरिने चान्द्रवर्षका विभिन्न तिथिमा...