बजेट सीमित, आवश्यकता असीमित
गोरखापत्र अनलाइन
फाल्गुन १६, २०७८ सोमबार
स्थानीय तहको प्रथम निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यकाल सम्पन्न हुने क्रममा छ । कार्यसम्पादनका हिसाबले पहिलो कार्यकालमा केही पालिका उत्कृष्ट, अधिकांश पालिका मध्यम तथा केही पालिकाको कार्यसम्पादन स्तर न्यून मध्यम र न्यून रहेको देखिन्छ । । पालिकाहरूका उपलब्धि तथा प्रगति सामान्यतया पालिकाको बजेट तथा कार्यक्रम, स्रोत परिचालन, खर्च गर्ने सामथ्र्य र वित्तीय अनुशासनमा निर्भर गर्छ ।