व्रत के हो र किन ?
गोरखापत्र अनलाइन
कार्तिक २२, २०७७ शनिबार
संस्कृतको वृञ् वरणे (वरण गर्नु, अपनाउनु, अवलम्बन गर्नु) धातुबाट व्रत शब्द बन्छ । यसको अर्थ हो– नियमको पालना, अनुष्ठान, प्रतिज्ञाको परिपालना, प्रतिज्ञाद्वारा सङ्कल्प गरेर लिइने व्रत, उपवास, शारीरिक कष्ट सहेर गरिने उपवास । म यसो गर्छु भनेर चिताउनु नै व्रत हो । त्यसैले यसलाई व्यक्तिविशेषको मानसिक क्रिया भनिन्छ । व्रत बस्नुलाई व्रतानुष्ठान वा व्रतचर्या भनिन्छ । व्रत र उपवास पर्यायवाची शब्दजस्ता देखिन्छन् तर तिनको...