त्रिभुवन विश्वविद्यालयको मार्गचित्र
गोरखापत्र अनलाइन
चैत्र ७, २०७७ शनिबार
त्रिभुवन विश्वविद्यालय (त्रिवि) नेपालको जेठो, पर्याप्त भौतिक सम्पत्ति र दक्ष जनशक्ति भएको उच्च शिक्षाको मेरुदण्ड हो । त्रिविले उच्च शिक्षाको ८० प्रतिशत जनशक्ति उत्पादन गर्छ । विश्वविद्यालयले नयाँ नयाँ विषय थप, पाठ्यक्रमको परिमार्जन, शिक्षण विधि र प्रविधिमैत्री शिक्षण सिकाइमा सुधार, अनुसन्धानमा प्राथमिकता, प्राविधिक शिक्षाको विस्तारजस्ता समयसापेक्ष सुधारहरू गरेको दाबी गरिरहेकै छ । तथापि त्रिवि समयानुकूल बदलिन...