भूकम्पको मापन र मानको बहस
गोरखापत्र अनलाइन
बैशाख १२, २०७८ आईतवार
नेपालमा समय–समयमा मझौला, ठूला तथा महाभूकम्पले धेरै धनजनको क्षति गरेको सुन्न र पढ्न पाइन्छ । विगतमा बेलाबेलामा ‘गोरखा’ भूकम्पभन्दा ठूला भूकम्पहरू गएको र तिनले ठूलो विनाश गरेको सुनेका हामी झन्डै सबैजसोले २०७२ को गोरखा भूकम्पको धक्का महसुस ग¥यौँ, विनाश देख्यौँ र कतिपयले भोग्यौँ पनि । नेपालमा भूकम्प मापनयन्त्र जडान गरी भूकम्पको रेकर्ड गर्न सुरु गरेपछिको यो सबैभन्दा ठूलो भूकम्प हो र नेपाल हिमालय क्षेत्रमा गएको भूकम्पहरूमा...