बुद्ध धर्ममा व्यावहारिक ज्ञान
गोरखापत्र अनलाइन
जेष्ठ ११, २०७८ मंगलवार
वैज्ञानिक प्रविधिको विकास सँगसँगै मानिस अहिले पृथ्वीको एक कुनामा बसेर अर्काे कुनामा रहेका आफन्तसँग आँखा जुधाउँदै वार्तालाप गर्न सक्ने भएको छ । घरमै बसीबसी संसार देख्नसक्ने भएको छ । विकसित प्रविधिकै कारण हरेक क्षेत्रमा मानिसको जीवन आधुनिक बन्दै सहज, सरल र भौतिक सुखसयलमा व्यतित हुन थालेको छ । तर पनि मानिसहरू सुखको अनभूति गर्न सकिरहेका छैनन् । मनमा उत्पन्न हुने विभिन्न किसिमका ईच्छा, आकाङ्क्षा र तृष्णाको भुमरीले...