जननेता मदन :विचार र आवश्यकता
गोरखापत्र अनलाइन
जेष्ठ ३, २०७८ सोमबार
नेपालको राजनीतिक इतिहासमा पृथक पहिचान र कम्युनिस्ट आन्दोलनलाई नवीनतम व्याख्या विश्लेषण गर्ने सिद्धान्तकारका रूपमा नेता मदन भण्डारीलाई लिन सकिन्छ । मदन भण्डारी कुशल सङ्गठक, सिद्धान्तनिष्ठ र व्यावहारिक नेताका रूपमा आफ्नो लौकिक जीवनकालमा जति परिचित हुनुभयो, उहाँको असामयिक, स्तब्धकारी अनि अप्रत्यासित निधनले नेपालको राजनीतिमा अपूरणीय क्षति भयो । उहाँको निधन कसैले पनि सहज रूपमा लिन सक्ने थिएन । उहाँको असामयिक निधनमा...