लौहपुरुष गणेशमान सिंह न भूतो न भविष्यति
गोरखापत्र अनलाइन
आश्विन २, २०७८ शनिबार
पहिले कहिलै भएको थियो, न भविष्यमा होला । संस्कृत भाषाको न भूतो न भविष्यतिको शाब्दिक अर्थ त्यही हो । त्यो वाक्यको, संस्कृत वाङ्मयका अमरग्रन्थहरू– रामायण र महाभारतमा मात्र होइनन्, त्यसअघिका पुराणहरूमा पनि प्रशस्त प्रयोग भएको बताइन्छ । महाभारतकालका कृष्ण, रामायणका आदर्श पुरुष राम, नेपालका गौतम बुद्ध र भारतका महात्मा गान्धीलाई इतिहासले न भूतो न भविष्यतिमा गणना गरेका छन् । त्यस्तै आधुनिक नेपालको प्रजातान्त्रिक आन्दोलनको...