कृषिमा जलवायुको प्रभाव
गोरखापत्र अनलाइन
मंसिर १८, २०७८ शनिबार
जलवायु परिवर्तनले प्रत्यक्ष/परोक्ष सबै क्षेत्र प्रभावित पारेको छ । विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका भए पनि जलवायु परिवर्तनका असरको जोखिम उच्च रहेका राष्ट्रमध्ये नेपाल पनि हो । बहुप्रकोपीय जोखिमका हिसाबले बीसौँ, जलवायु परिवर्तनका हिसाबले पाँचौँ, बाढीपहिरोका हिसाबले तीसौँ तथा भूकम्पीय जोखिमका हिसाबले पाँचौँ स्थानमा छ नेपाल । धरातलीय विविधता, कमजोर भौगर्भिक बनावट, संवेदनशील पारिस्थितिकीय प्रणाली...