नेपाली सिनेमाप्रति एनआरएनले नबोल्ने ?
गोरखापत्र अनलाइन
श्रावण २३, २०७८ शनिबार
यतिबेला प्रवासमा गैरआवासीय नेपालीहरू नयाँ नेतृत्व छान्न लागिपरेका छन् । जब गैरआवासीय नेपाली सङ्घको अधिवेशन हुने समय आउँछ, तब विभिन्न पदका आकाङ्क्षीहरूको सङ्ख्या ह्वात्तै बढ्छ । हरेक दुई वर्षमा नयाँ नेतृत्व छान्ने यस्तो अधिवेशनमा उठ्ने विभिन्न आकाङ्क्षीहरूको नयाँनयाँ मुद्दा सुरु हुन्छ । कोही प्रवासी नेपालीहरूको हकहितको पक्षमा यसो गर्छु र उसो गर्छु भन्ने अभिव्यक्ति दिन्छन् भने कोही विदेशको लगानीलाई स्वदेशमा...