नेकपामा छोडपत्र कि मिलापत्र ?
गोरखापत्र अनलाइन
मंसिर १२, २०७७ शुक्रबार
करिब दुईतिहाइ मत पाएर सत्ता सञ्चालन गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यतिबेला गम्भीर सङ्कटको भुमरीमा छ । दुई वामपन्थी पार्टी मिलेर बनेको नेकपा फुटको सङ्घारमा रहेको अड्कलबाजी हुँदै छ । कोरोना भाइरसबाट आक्रान्त छ मुलुक । यही अवस्थामा सत्तारुढ नेकपाभित्रको भाइरसबाट नेपालको राजनीति तरङ्गित हुन पुगेको छ । जसले पार्टी एकता नै सङ्कटमा पुगेको छ । यसबाट नेकपालाई मत दिएका जनता, शुभेच्छुक, कार्यकर्ता र नेता क्षतविक्षतको...