ओझेलमा प्राणीशास्त्र
गोरखापत्र अनलाइन
माघ २२, २०७८ शनिबार
नेपालमा जनावरसँग जोडिएका धेरै पर्व छन् । जनजातिका कला, संस्कृति, इतिहास, पात्रो सबैमा जनावरको उल्लेख गरिएको छ । जनावरलाई विभिन्न प्रतीकका रूपमा पनि लिइन्छ । जस्तैः सूचनाको संवाहक काग, शान्तिको प्रतीक परेवा आदि । जनावरलाई प्रतिस्पर्धा गराएर वा जनावरसँग खेलेर वा जनावरको नक्कल गरेका खेल खेलेर मानिसले धेरै मनोरञ्जन लिइरहेका छन् ।