संविधानको रचनात्मक व्याख्या र प्रयोग
गोरखापत्र अनलाइन
जेष्ठ ३, २०७८ सोमबार
नेपालको राजनीतिका स्थिरताका लागि जनता आशावादी देखिन्छन् । वास्तवमा राजनीति स्थिर हुनै सक्दैन । राज्यको नीति बेलाबेलामा परिमार्जित हुनुपर्ने कुरा हो । यो नीति राजनीतिककर्मी जो सत्तामा छन्, तिनले जनमतको आधारमा बनाउने हो । यसरी हेर्दा सरकार, सत्ता, दल, राजनीति सबै अस्थिर नै हुन् । यसको अर्थ संविधान पनि स्थिर होइन । यो पनि बेलाबेलामा परिमार्जन गरिरहनुपर्छ । तर हेक्का राख्नुपर्ने कुरा हो – राजनीति उँधो गतितिर कि उँभो...