वृक्षरोपण दिवसको सान्दर्भिकता
गोरखापत्र अनलाइन
असार १४, २०७८ सोमबार
वन नेपालको महìवपूर्ण नवीकरणीय प्राकृतिक स्रोत हो । वनसँग हाम्रो घनिष्ट एवं अन्योन्याश्रित सम्बन्ध रहिआएको छ । वनबाट काठ, दाउरा, घाँस, जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावारलगायतका उपभोग्य वस्तुहरू पाइरहेका छौँ । भने वनबाटै कार्बन सेवा, जैविक विविधता संरक्षण, जलाधार तथा जलचक्र प्रणाली एवं पर्यापर्यटन जस्ता वातावरणीय सेवा पनि उपलब्ध भइरहेका छन् । प्रदूषण नियन्त्रण एवं वातावरण संरक्षण गर्न वन नै सबभन्दा सस्ता र प्रभावकारी...