रामबाबु पौडेल
वन नेपालको महìवपूर्ण नवीकरणीय प्राकृतिक स्रोत हो । वनसँग हाम्रो घनिष्ट एवं अन्योन्याश्रित सम्बन्ध रहिआएको छ । वनबाट काठ, दाउरा, घाँस, जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावारलगायतका उपभोग्य वस्तुहरू पाइरहेका छौँ । भने वनबाटै कार्बन सेवा, जैविक विविधता संरक्षण, जलाधार तथा जलचक्र प्रणाली एवं पर्यापर्यटन जस्ता वातावरणीय सेवा पनि उपलब्ध भइरहेका छन् । प्रदूषण नियन्त्रण एवं वातावरण संरक्षण गर्न वन नै सबभन्दा सस्ता र प्रभावकारी मेसिन हुन् । साथै वनले हावा सफा गर्ने फोक्सोजस्तै चौबीसै घण्टा सेवा गरिरहन्छन् । वनले प्रशस्त रोजगारी र आय आर्जनका अवसरसमेत सिर्जना गरेको छ अझै बढी गर्ने सम्भाना बोकेको छ । देशको अर्थतन्त्रका महìवपूर्ण क्षेत्रहरू जस्तैः कृषि, जलस्रोत, उद्योग, पर्यटनलगायतका क्षेत्रको विकासमा आधारस्तम्भको रूपमा वन रहेको छ । हावापानी तथा भौलोगिक विविधताका कारण वन क्षेत्रले नेपाललाई जैविक विविधताको क्षेत्रमा पनि धनी बनाएको छ । अतः वन क्षेत्रले देशको आर्थिक, सामाजिक एवं वातावरणीय क्षेत्रमा उल्लेख्य योगदान दिइरहेको छ । यो अझै बहुपक्षीय सदुपयोग हुन सकेमा दिगो विकासमा थप टेवा पुगी समृद्धिमा अझ योगदान दिन सक्छ । त्यसैले ‘हरियो वन नेपालको धन’ भन्ने उक्ति प्रचलित पनि छ ।
वृक्षरोपण वा रुखविरुवा रोप्ने कार्य हाम्रा लागि कुनै नौलो कुरा होइन । यो हाम्रो जनजिब्रोमा झुन्डिएको शब्द पनि हो । यसलाई हामीले धेरै पहिलेबाट देख्दै, सुन्दै र गर्दै पनि आइरहेका छौँं । आदिमकालबाटै निजी जग्गाका साथै बाटो छेउछाउ, नदी किनार तथा अन्य सार्वजनिक जग्गामा डालेघाँस, काठ, दाउरा, फलफूल, मसला, जडीबुटीलगायतका प्रजातिका रुख विरुवा रोपी हुर्काउने परम्परा रहिआएको छ । त्यसैगरी मठ मन्दिर तथा बाटोको छेउमा चौतारी बनाई वर, पीपल, शमी, बेलजस्ता धार्मिक महìव भएका प्रजातिका रुखविरुवा रोपी व्यवस्थापन गर्ने परम्परा पनि रहेको छ ।
उपरोक्तअनुसार नेपालमा फाट्टफुट रूपमा रुख विरुवा रोप्ने प्रचलन शताब्दीऔँदेखि चलिआएको छ । यद्यपि व्यवस्थित रूपमा र ठूलो स्तरमा विरुवा उत्पादन र वृक्षरोपण गर्ने कार्य सञ्चालन गर्न २०१५ सालमा सुरु भएको मानिन्छ । त्यसबेला काठमाडाँैंको थानकोटमा सरकारी स्तरबाट वन नर्सरीको स्थापना भएपछि वृक्षारोपणको औपचारिक सुरुवात भएको मान्ने गरिन्छ । त्यसपछि क्रमशः देशका विभिन्न स्थानमा प्रशस्त सरकारी र निजी नर्सरीहरू स्थापना भई बर्सेनि लाखौँका सङ्ख्यामा विरुवा उत्पादन भई सरकारी तथा निजी जग्गामा वृक्षरोपणमा सदुपयोग भइराखेका छन् ।
वृक्षारोपण कार्यको प्रचारप्रसार एवं जनमानसमा सकारात्मक प्रभाव परी वनको अभिवृद्धि होस् भन्ने हेतुले वन महोत्सव एवं राष्ट्रिय वृक्षरोपण दिवस मनाउन थालिएको हो । त्यसयता यस अवसरमा वृक्षरोपणलगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । २०२५ साल असारमा काभ्रे जिल्लाको पाँचखालको वन क्षेत्रमा वृक्षरोपण गरी देशमा वन महोत्सवको सुरुवात भएको थियो । त्यसपछि सो कार्यले विभिन्न विशेष दिनमा निरन्तरता पाइरह्यो । त्यसैगरी कहिले असार १३, कहिले असार २३, कहिले असार १५ मा वृक्षरोपणलगायतका कार्यहरू सञ्चालन गरी बर्सेनि वन महोत्सव/राष्ट्रिय वृक्षारोपण दिवस मनाउन थालियो । वन महोत्सव सप्ताहव्यापी रूपमा समेत पनि सञ्चालन गर्ने गरिन्थ्यो । २०७५ सालबाट भनेअसार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रूपमा मनाउने गरिएको छ । किनभने, २०३५ साल असार १४ गते नै समुदायमा आधारित वन व्यवस्थापनका आधारका रूपमा रहेका साविकका पञ्चायती वन नियमावली २०३५, पञ्चायत संरक्षित वन नियमावली २०३५, तथा कबुलियती वन नियमावली २०३५ नेपाल राजपत्रमा प्रकाशित भएका थिए ।
कतिपय वृक्षरोपण क्षेत्रको अवस्था राम्रो भए पनि केहीको सन्तोषजनक छैन । देशको झन्डै आधा ९४४/७४५० भूभाग वनले ढाके पनि वनको वितरण र अवस्था समान छैन । तराई तथा चुरे क्षेत्र र सहर वरपरको वनमा चाप बढी छ । स्थानीय समुदाय नै वन व्यवस्थापनका सच्चा आधारस्तम्भ भएकाले पहाडी क्षेत्रमा भने जनसहभागितामा आधारित वन व्यवस्थापन कार्यक्रमको सफलता तथा ग्रामीण क्षेत्रबाट अन्यत्र बसाइँसराइका कारण वनक्षेत्र बढेको देखिन्छ । तर वनमा छिटो बढ्ने तथा बहुउपयोगी प्रजातिको कमी एवं वनको उचित व्यवस्थापन हुननसक्दा बर्सेनि ठूलो परिमाणमा काठ आयात भइराखेको छ । कतिपय स्थानमा सडकलगायतका विकास निर्माणका कार्यहरू वनमा अव्यवस्थित तरिकाले सञ्चालन हुँदा खण्डीकरण तथा विनाशसमेत भइरहेको छ । बर्सेनि बाढीपहिरोको प्रकोप बढी धनजनको क्षति हुनुमा जथाभावी भएका विकास निर्माण कार्यले पनि थप बल पु¥याएको छ ।
देशमा सहरीकरणको गति तीव्र भए पनि स्तर भने सन्तोषजनक छैन । नेपालका नगरपालिकाहरू नै वस्तुतः सहर हुन् । केही सहरमा हरियालीको विकास राम्रै छ । यद्यपि देशका धेरै सहरमा यो सन्तोष जनक अवस्थामा छैन । कतिपय सहर त रुख विरुवाको कमीले गर्दा कङ्क्रिटका जङ्गलजस्ता देखिन थालेका छन् । सहरी योजनामा हरियाली विकासले प्राथमिकता पाउन सकेको छैन । सहरी क्षेत्रका खासगरी सार्वजनिक स्थानका रुख विरुवाको संरक्षण र व्यवस्थापनमा उचित ध्यान पुग्न सकेको छैन । सहरी वन व्यवस्थापन गर्न नीतिगत, कानुनी एवं संस्थागत अस्पष्टतासमेत रहेका छन् ।
देशको समृद्धि वन तथा वातावरणीय पक्षसँग पनि घनिष्ट रूपले सम्बन्धित हुने भएकोले यसको विकासका लागि थुप्रै नीतिगत निर्णयहरू गर्नुपर्ने हुन्छ । जस्तै सहरी वनको विकासका लागि छुट्टै नीतिगत, कानुनी र संस्थागत व्यवस्था गर्ने, वृक्षरोपण गर्दा ‘ठीक ठाउँमा ठीक विरुवा’ को सिद्धान्तलाई विशेष ध्यान दिने, सहरी वृक्षरोपणमा ठूला साइजका विरुवाहरू मात्र प्रयोग गर्नेजस्ता कामहरू गरिनु आवश्यक छ ।
त्यस्तै सहरी क्षेत्रमा कौशी बगैँचालाई विशेष जोड दिने, निजी जग्गामा समेत व्यापक रूपमा बहुउपयोगी रुख विरुवा लगाउने, ग्रामीण सडकमा बायोइन्जिनियरिङ प्राविधिको व्यापक प्रयोग गर्ने, वृक्षरोपण पछि संरक्षण र व्यवस्थापनमा विशेष जोड दिने, यसका साथै योजनाबद्ध किसिमले प्राविधिकको सल्लाहअनुसार मात्र रुख विरुवा रोप्ने काम गर्न जरुरी छ । अतः असार १४ गतेको यो महìवपूर्ण दिवसमा हामी सबैले कम्तीमा दुई विरुवा रोपी हुर्काउने प्रतिबद्धता गरी कार्यान्वयन गर्न जरुरी छ । जसबाट वातावरणीय, आर्थिक एवं सामाजिक क्षेत्रमा ठूलो योगदान पुगी देशको समृद्धिमा महìवपूर्ण इँट्टा थपिनेछ ।
(लेखक पूर्व डिभिजनल वन अधिकृत हुनुहुन्छ ।)