विलुप्त भइरहेको होलीको सौन्दर्य
गोरखापत्र अनलाइन
चैत्र १५, २०७७ आईतवार
गाउँको एउटा दलानमा साँझको समय । दिनभर खेतमा काम गरेर फर्केका गृहस्थ, खेतीहर मजदुर र सामान्य गाउँवासी आफ्नो नजिकको दलानमा जम्मा भइरहेका छन् । सबैजना तरोताजा, उत्साहले भरेका छन् ।
डम्फा र झाल सबैजनाले लिइहाले । भजनटोलीबाट गुजन झालाई आउन ढिलो भइरहेको छ । सबैजना उनलाई नै पर्खिबसेका छन् । सम्पूर्ण ब्राह्मण टोलमा गुजन झाको आफ्नो तालमा होलीगायनको जोडा छैन । यता, बेलदार टोलमा पल्टा राउतको सुर, तानमा एकैप्रकारले डम्फाको...