सम्बन्ध जोड्ने चाड
गोरखापत्र अनलाइन
माघ १, २०७७ बिहीबार
नेपालका पश्चिमी थारूहरूले मनाउने विशेष चाड हो– ‘माघ’ । उच्चारण गर्दा यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघेसङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारूले ‘तिला सङ्क्राइत’ भन्छन् भने बीच (कपिलवस्तु–चितवन)का थारूले ‘खिचरा’ भन्छन् । आमनेपालीले यस चाडलाई ‘मकर सङ्क्रान्ति’का रूपमा मान्छन् । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म तराईका जिल्लामा थारूहरूको सघन बसोवास छ । ठाउँअनुसार यो चाडको नाम फरक भए पनि मनाउने परम्परा...