नेपाल–भारत कूटनीतिमा नयाँ अध्याय
गोरखापत्र अनलाइन
चैत्र २२, २०७८ मंगलवार
नेपाल र भारतबीच सदियौँदेखि राजनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्ध रहँदै आएको छ । विश्वका दुई मात्रै यस्ता देश नेपाल र भारत, जसको सीमामा तारबार छैन । द्विपक्षीय सम्बन्ध सरकारका बीचमा मात्रै नभई नागरिक तहमा पनि रहँदै आएको छ । यही सम्बन्धको जग अझ बलियो बनाउने अभिप्रायका साथ प्रधानमन्त्री शेरबहादुर देउवाले चैत १८ गते शुक्रबारदेखि २० गते आइतबारसम्म छिमेकी देश भारत भ्रमण गर्नुभयो । सरकार प्रमुख कुनै देशको भ्रमणमा जाने–आउने...