जनउत्तरदायी नेतृत्वको अपेक्षा
गोरखापत्र अनलाइन
चैत्र २०, २०७८ आइतवार
नेपाल परापूर्वकालदेखि नै यस्तो मुलुक हो, जहाँ मान्छेभन्दा धेरै देवताको बसोवास थियो । त्यसैले नै होला, हिन्दुका तेत्तीस कोटी देवता छन् भनिएको । अहिले पनि नेपालमा हेर्ने हो भने मानिस बस्ने घरको सङ्ख्याभन्दा निकै बढी मन्दिर पाइन्छन् । थरैपिच्छेका कुलदेवताका मन्दिर छन् । जातैपिच्छेका देवता छन् । धर्मअनुसार भिन्न–भिन्न भगवान्को पूजा गरिन्छ । आइतबारदेखि शनिबारसम्मका बारैपिच्छेका अलग–अलग भगवान् र देवता छन् । ग्रह,...