नेपालमा तान्त्रिक परम्परा
गोरखापत्र अनलाइन
भाद्र १२, २०७८ शनिबार
नेपाल शैवधर्मका प्रमुख केन्द्रहरूमध्ये एक मानिएको छ । लिच्छविकालमा राजा, राजपरिवार, प्रजा सबै शिवलिङ्गको प्रतिष्ठा गरी पूजा गर्दथे । शिवमूर्ति बनाउँथे । त्यसबेला ‘पशुपति’ लेखिएका मुद्रा प्रचलित थिए । मल्लकालमा पनि कतिपय राजा र प्रजाहरू शिवका अनन्य भक्त थिए । नेपालमा पाशुपत सम्प्रदाय फैलिएको थियो । यसको साथसाथै सोमसिद्धान्त र मिश्र–शैवधर्मको पनि यहाँ कम प्रचार थिएन । मिश्र–शैवधर्म शब्दको अभिप्राय यहाँ त्रिदेव,...