logo
२०८१ मंसिर ११ मंगलवार



नेपालमा सिद्ध परम्परा

विचार/दृष्टिकोण |




शीतल गिरी

परम्परा जनजीवनको पथ–प्रदर्शक हो । जसरी परम्पराले जीवनका लागि शक्ति र प्रेरणा दिने काम गर्दछ, त्यसैगरी परम्पराहरू साहित्यका लागि पनि प्रेरक शक्ति बनेर महìवपूर्ण कार्य गर्दछ ।
धर्म एवं जीवनद्वारा परम्पराको जन्म र परिपालन हुन्छ । परम्परा भूत र वर्तमानको भ-याङ उक्लँदै भविष्यतर्फ बढ्दछ । अर्को शब्दमा त्यो अतीतबाट भविष्यतर्फ प्रगतिको मूलधारा हो, जो क्रमशः बढ्दै आउँदै छ । यही त्यसको जीवनदायिनी शक्ति हो । सन्तको परम्पराबारे चर्चा गर्नुभन्दा पहिले उनीहरूका एक–दुईटा सामान्य विशेषताहरूको उल्लेख गर्नु जरुरी छ । निर्गुण सन्त यथार्थपरक सत्यान्वेषक थिए र परम्पराहरूको स्थापना गरे । उनीहरूले सत्यको अन्वेषण कोरा वाग्जालद्वारा गरेनन्, बरु अनुभवका आधारमा सत्य खोज्नुको साथसाथै धर्मको सामान्य तìवमा धेरै जोड दिए । यस कुरा विचार गरेर नै सन्तहरूको परम्परातर्फ विचार गरिने छ ।

मानवतावाद
सन्तको सर्वप्रथम महान् परम्परा ‘मानवतावाद’मा विचार गर्नुभन्दा पहिले उसको परिभाषाको विचार गर्नु आवश्यक छ । मानवतावाद शब्दको प्रयोग सबभन्दा पहिले सोह्रौँ शताब्दीमा भयो तर इतिहासको पाना पल्टाउँदा थाहा हुन्छ– सबभन्दा पहिलो मानवतावादी सोफिस्ट थिए । जुन कुराले हाम्रो चित्त दुख्छ, त्यही कुरा अर्काका लागि पनि दुःखदायक हुनसक्दछ । जुन कुरो हाम्रो वेदनाको आधार हो, त्यही अर्काका लागि पनि करुणा बन्न सक्तछ । जुन हाम्रो लागि आपत्तिजनक छ, त्यो त्यसैगरी अर्काका लागि पनि हुन सक्तछ । मानव सम्पूर्ण शक्तिको स्रोत हो । ऊ परिस्थितिको निर्माण, परिवर्तन एवं स्वरूप प्रदान गर्नमा पूर्णतया सक्षम छ । 

यसैगरी दार्शनिकहरू एवं विचारकहरूले मानवतावादको विषयमा आफ्ना विचार सविस्तार प्रकट गरेका छन् । सबै विचारकले आत्मविश्लेषण तथा ‘स्व’को प्रसारमा जोड दिएका छन् । आत्मज्ञानपछि अर्को कुनै कर्तव्य बचेको हुँदैन । आत्मज्ञान प्राप्त गर्नु मनुष्यको परम् कर्तव्य मानिएको छ । त्यस ब्रह्मको साक्षात्कार अथवा ज्ञान प्राप्त गर्नु, जो सम्पूर्ण जगत्को हेतु कारण या कर्ता हो । राजा अथवा शासकको महलमा विद्वान् एवं ज्ञानी पुरुष ज्ञान प्राप्तिको चर्चा गरेर मानवताको उपदेश दिन्थे । उनीहरूका चिन्तन र चर्चाको विषय हुने गर्दथ्यो ‘ज्ञान’ एवं ‘मानवतावादी–विचार’ । यस विचारधाराले एउटा यस्तो वातावरणको सृष्टि ग-यो, जहाँ मानव हृदयबाट, मानवको प्रति सहानुभूतिको स्रोत प्रस्फुटित भएर आयो र एकअर्कालाई बुझ्न सहायता पुग्यो । मानवको सुखको लक्ष्य या उद्देश्य शारीरिक सुख या भौतिक सम्पत्तिको प्राप्त मात्र हुँदैन, बरु यसबाहेक केही अरू पनि छ, जसले मानवलाई आफूतिर आकर्षित गर्ने क्षमता राख्दछ र त्यो हो ‘सत्य’ । भौतिक–सम्पत्ति र भौतिक–सुखको आनन्दले मानवको चित्त कहिले न कहिले विराग भइहाल्छ । 

वास्तवमा मानव जीवनको चरम् उद्देश्य या लक्ष्य हो, ‘चिर–सत्य’लाई प्राप्त गर्नु । सिद्ध सन्तहरूले बारम्बार ‘आत्मवत् सर्वभूतेषु यः पश्यति सः पण्डितः’को उपदेश दिएका छन् । यस किसिमबाट सिद्ध सन्तहरूले भनेका छन्, ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्जनः ।।’ सिद्ध सन्तहरूको चिन्तन–धारा अरूको दुःख, व्यथा र कष्टलाई आफ्नो अनुभूति बनाउनुपर्दछ भन्ने नै हो । मानवतावादको आधारभूत या मूल सिद्धान्त हो, समस्त प्राणीलाई ‘आत्मा’भन्दा अलग नठानेर, समस्त जीवहरूमा दया–भावलाई समान रूपले प्रसार गर्नु, सबैको दुःखको अनुभूतिलाई आत्मानुभूति बनाउनु । यसको प्रमुख कारण भनेको सबैको रचयिता एक हो । एउटै अंशको सबै अंशी हुन् । अनि मानव–मानवबीच विरोध कस्तो ? न कुनै ठूलो छ, न कुनै सानो, न कुनै उच्च छ न कुनै नीच । जाति–पातिको भेदभाव हुनु हुँदैन । कर्मले नै मानवको स्वरूप बनाउने र बिगार्ने गर्दछ । कर्मबाट मात्र मनुष्य जे पनि बन्न सक्दछ । यसप्रकार सिद्ध सन्त मानवतावादको पृष्ठभूमिमा उच्च आध्यात्मिकता नै हो । सिद्ध सन्तको मूलाधार यही मानवतावाद हो ।

धार्मिकता 

यति कुरा त भन्नैपर्दछ, सिद्ध सन्तहरूले धर्मको क्षेत्रमा एउटा क्रान्ति ल्याएका थिए तर पनि जुन कठोरताले रूढिहरूका विरोध गरे, त्यसै दृढताले उनीहरूले बुद्धिवादी सिद्धान्तको पनि स्थापना गरेका थिए । उनीहरूका बुद्धि अनुभवको कसीमा खरो प्रमाणित हुने गथ्र्यो । सन्त वास्तवमा सत्यान्वेषक थिए । देश–कालको सिमानाहरूले सिद्ध सन्तहरूको धर्म र त्यसको उदात्त रूपको स्पर्श गर्न सक्दैन । सिद्ध सन्तहरूको धर्म, धनी–दीन, बालक–वृद्ध, नर–नारी सबैका लागि समान रूपले उपयोगी र महìवपूर्ण छ । सन्तहरूको व्यापक धर्मको आधार मानवको शाश्वत सद्प्रवृत्तिहरू हो । यही शाश्वत सद्प्रवृत्तिहरूले नै जीवनलाई उदात्त र समुन्नत बनाउँछ । सन्तहरूको धार्मिकता अन्यको भन्दा पृथक् र परको छ । सन्तहरूको धार्मिकता छुवाछूत, चन्दन–तिलक, व्रत–माला, जप–तप केही पनि हुँदैन । बरु उनीहरूको धार्मिकता व्यापक छ, शुद्ध छ र उदात्त छ । उनीहरूको सन्देश छ कि मानवले सहज धर्मको परिपालन गर्नुपर्दछ ।

जातीयता
सिद्ध सन्तहरूको तेस्रो महान् परम्परा जातीयता हो । आफ्नो वाणीद्वारा सन्तहरूले नेपाललाई एउटा महान् सांस्कृतिक चेतनामा बाँधेर राखे । देशको प्रत्येक क्षेत्रमा महान् सांस्कृतिक चेतनाको फलस्वरूप जातीयताको विकास भयो । निर्गुण सन्तहरूले त्यस समयमा प्रचलित सधुक्कडीलगायत सबै भाषामा रचना गरे । सन्तहरूका वाणीको प्रभाव जनतामा प¥यो । खासगरेर उनीहरूको भाषा सधुक्कडी थियो । जातीयताको सङ्कुचित धारलाई सामन्ती संस्कारले संरक्षण दिएर हुर्काएको थियो, सङ्कुचित शृङ्खलाहरूलाई सिद्ध सन्तहरूको प्रभावले छिन्नभिन्न बनायो । सन्तहरू जनताको मनोवृत्तिसँग राम्ररी परिचित थिए । जातीयताको प्रचार सन्तहरूले भाषाद्वारा गरे । भाषालाई जातीयताको गौरवपूर्ण अङ्ग, जीवन र प्रगति माने । सङ्कुचित क्षेत्रबाट निस्किएर विस्तृत क्षेत्रमा जनता र जातीयताको अर्थ जानकारी गराउनका लागि सन्तहरू जीवनभर लागिरहे । सन्तहरू जुनसुकै किसिममा भए पनि सङ्कीर्णताका विरोधी थिए ।

प्रगतिशीलता
सिद्ध सन्तहरूको चौथो महान् परम्परा हो– ‘प्रगतिशीलता’ । निर्गुण सन्त दार्शनिक सुधारहरूबाट अत्यधिक प्रभावित थिए । ती प्रभाव यस्ता छन्– धर्म र दर्शनको सुधार एवं संस्कारको प्रवृत्ति । दार्शनिकताको विशेष अभिरुचि । हिन्दुहरूको शिखा र सूत्रको त्याग । शवलाई जलाउनुको साटो उनीहरूको समाधि बनाउने प्रवृत्ति । वर्णाश्रमतर्फ धेरै कट्टर नहुनु । भक्ति र वैराग्यको प्रवृत्ति ।
यसमध्ये पहिलो र दोस्रो प्रवृत्तिहरू सबै सिद्धहरूले अपनाएको पाइन्छ । तेस्रो प्रवृत्ति दसनामी सन्न्यासीहरूमा प्रचलित छ । चौथो विशेषता शङ्कराचार्यका अनुयायी शैव परमहंसहरूमा भयो । पाँचौँ प्रवृत्तिको दर्शन रामानुजाचार्य पद्धतिमा रहेको छ । भक्ति र वैराग्यका प्रवर्तक स्वामी रामानन्द थिए । समाज, साहित्य, धर्म सबैमा प्रगतिशील विचारहरू समावेश गरेर, युग–युगले पीडित एवं प्रताडित जनतालाई सिद्ध–सन्तहरूले उद्धार गरे । जुन विकृत तìवहरूप्रति सिद्ध–सन्तहरूका प्रतिक्रिया जाग्रत भयो, त्यसका मुख्य तìव यी हुन्– पुरोहितवाद, वर्णाश्रम धर्म, मूर्ति–पूजा, धार्मिक अन्धविश्वास, बाह्याडम्बर, पूजा विधि र पौराणिकता ।

शाश्वतता
सिद्ध सन्तहरूको पाँचौँ महान् परम्परा हो– ‘शाश्वतता’ । सहज वाणी आफ्नो स्वाभाविक सौन्दर्य तथा सरल अभिव्यक्तिका कारण मनलाई अत्यधिक प्रभावित गर्दछ । सन्तहरूको सहज वाणीमा मानव जीवनका थुपै शाश्वत प्रवृत्तिहरू बडो सुन्दरताका साथमा चित्रण भएको छ । युगयुगदेखि मनुष्य प्रेम, क्षमा, दया, विश्वबन्धुत्व र उदारतामा विश्वास गर्दै आएको छ । मानव समाजको सङ्घर्षमय वातावरणलाई परित्याग गरेर आध्यात्मिक वातावरणमा सन्तोष प्राप्त गर्दछ । सन्तहरूले अध्यात्म प्रतिष्ठाका लागि बारम्बार उपदेश दिएका छन् । अध्यात्मको विषय शाश्वत र निरन्तर हो, यसैगरी सन्त वाणी शाश्वत साहित्य हो । आफ्नो यसै विशेषताका कारण सन्त वाणी कुनै स्वार्थभावले प्रेरित भएर निस्किएको होइन । उनीहरूका वाणी ‘स्वान्तः सुखाय’ र ‘बहुजनहिताय’ हो । 
यसकारण यी वाणीहरूमा मानव–जीवनको हित गर्ने भावना, अप्रत्यक्ष रूपमा प्रवाहित भएर शताब्दीयौँदेखि जनतालाई सही मार्गमा डो-याउँदै छ । सत्य अमर हो र सत्यानुभूत प्रस्तुत गर्ने वाणी पनि अमरत्व प्राप्त गर्दछ ।

सजीवता
‘सजीवता’ सिद्ध सन्तहरूले आफ्नो युगका निराश जनतालाई आशाको प्रवाह देखाए । उनीहरूले भग्न हृदयमा उल्लासको सञ्चार गरे । जीवनलाई उनीहरूले उदात्त एवं सात्विक जीवनको उपदेश दिएर नयाँ परम्परा स्थापित गरे । निर्गुण सन्तको वाणीमा एउटा अलौकिक चेतना एवं सजीवता छ, जसको आधारशीला अध्यात्मिक प्रणयको प्रतिष्ठा, आत्मानुभूति विगत माधुर्य, साधनात्मक रहस्यवाद र प्रतिभा आदि हुन् । यिनै तìवहरूले सन्तका वाणीमा सजीवता एवं माधुर्यको समावेश गरेर उनीहरूलाई सक्रिय बनाएको थियो । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?