युवाको काँधमा थपिएको जिम्मेवारी
गोरखापत्र अनलाइन
माघ ४, २०७८ मंगलवार
युवा भविष्यका कर्णाधार हुन् । युवाले चाहँदा जे पनि गर्न सक्छन् । हालसम्मका संसारमा भएका सकारात्मक परिवर्तनहरू युवाको जुझारु आन्दोलनका बलमा भएका छन् । नेपालका आन्दोलनको इतिहासलाई हेर्ने हो भने झन् युवाको बलमा आन्दोलन भएर सफल भएका छन् । २०३६ सालमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई त्यहाँको सेनाले फाँसी दिएपछि नेपालमा युवा विद्यार्थीले काठमाडौँस्थित पाकिस्तानी दूतावासमा गएर विरोध जनाउँदा...