चिनियाँ दर्शनले उठाएको एक्षेए मार्ग
गोरखापत्र अनलाइन
जेष्ठ १, २०७८ शनिबार
एसियाली सभ्यतामा आधारित चिनियाँ दर्शनले उठाएको एक क्षेत्र एक मार्ग (एक्षेए मार्ग) पहलकदमी विश्वमाझ विरानो छैन । विश्वकै प्राचीन चिनियाँ दर्शनशास्त्र चौयीमा लाओत्सेको स्वर्ग, पृथ्वी र मानव मामिलाबीच ताओ (बाटो) ले सञ्चार गर्ने विश्वास प्रणाली स्थापित छ (हेइमिङ, वेन, सन् २०१७, चाइनिज फिलोसोफी, पेइचिङ : चाइना इन्टरनेसनल प्रेस, पृष्ठ ३७ र ४४) । ताओ त्यो मार्ग हो जहाँ मानिस हिँड्छ, जहाँ मानिसको जीवन–पद्धति बन्छ, त्यसका लागि...