गम्भीर समस्या बन्दै एन्टिबायोटिकको गलत प्रयोग
सिर्जना खत्री
मंसिर ३, २०७८ शुक्रबार
बिरामीलाई सङ्क्रमणजन्य रोगबाट टाढै राख्न चिकित्सकको सिफारिसमा एन्टिबायोटिक औषधिको प्रयोग हुन्छ । यसले शरीरमा भएका ब्याक्टेरियालाई नष्ट गर्ने काम गर्छ । एन्टिबायोटिक संक्रामक रोगविरुद्ध प्रयोग हुने महत्वपूर्ण औषधि हो ।पछिल्लो समय एन्टिबायोटिकको जथाभावी प्रयोग गर्नाले जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् ।