एमसीसीविरुद्ध निरर्थक बहस
गोरखापत्र अनलाइन
पुष ११, २०७८ आइतवार
सन् २०१७ को सेप्टेम्बरमा नेपाल–अमेरिकाबीच सम्झौता भई नेपालको संसद्बाट पारित हुन बाँकी मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी)का बारे सकारात्मक पक्षभन्दा पनि नकारात्मक टिप्पणीले राजनीतिक क्षेत्र पुनः तात्न पुगेको छ । यस विषयमा नकारात्मक रूपमा फैलाइएको अमेरिकी सेनाको नेपाल प्रवेश, एमसीसीको अडिटमा नेपालको पहुँच नै नहुने मात्र नभई एमसीसी कार्यान्वयन हुनासाथ नेपालले आफ्नो सम्प्रभुता नै गुमाउनेसम्मका हवाई कल्पनायुक्त...