विद्यार्थी आन्दोलन हिजो र अब
गोरखापत्र अनलाइन
जेष्ठ १, २०७८ शनिबार
विश्व राजनीतिमा विद्यार्थी आन्दोलन समाज रूपान्तरणको गतिलाई बदल्ने शक्तिका रूपमा चिनिएको छ । मानवका स्वाभाविक अधिकार र आवश्यकताका विषयलाई सङ्गठित ढङ्गले उठाएर १९औँ र २०औँ शताब्दीमा एसियाका भारत, चीन, बर्मा, पाकिस्तान, इन्डोनेसियामा आन्दोलन भएका थिए । युरोपियन क्रान्तिकारी विद्यार्थी आन्दोलन १९औँ शताब्दीको विश्व हल्लाउने आन्दोलन थियो । अझ १८४८ को जर्मन र रसियन क्रान्तिकारी विद्यार्थीको राजनीतिक चेतनामा युगौँसम्म...