बीमासँग वित्तीय सम्बन्ध
गोरखापत्र अनलाइन
कार्तिक ५, २०७८ शुक्रबार
अक्सफोर्ड डिक्सनेरी परिभाषामा उल्लेख भएअनुसार धन राख्ने र झिक्ने सुरक्षित स्थान बैङ्क हो भने उल्लिखित सेवा सर्तबमोजिम जोखिम वहन गर्न मञ्जुर गरी तोकिएको अवधिका लागि निश्चित बीमा शुल्क लिने गरी गरिएको करारनामा बीमा हो । अतः व्यवसायको प्रकृतिले दुई पक्षबीच कारोबार भएमा व्यक्त करार सिर्जना हुने र उक्त अवधिभित्र भवितव्य परी कुनै जोखिम उत्पन्न भएकोमा नियमानुसार दाबी भुक्तानी गर्ने व्यवस्था रहने कानुनी आधार तय हुन्छ...