कति चाहिन्छ दूध ?
गोरखापत्र अनलाइन
जेष्ठ १८, २०७८ मंगलवार
दुध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइरसविरुद्ध दीर्घजीवन’ मूल नारासाथ विश्व दूध दिवस नेपालमा मनाइरहेको छ । दूध सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भनी सन्देश यो दिवसले दिएको छ ।
आर्थिक वर्ष २०७८/०७९ को बजेटमा दूध क्षेत्रमा दुई वर्षभित्र आत्मनिर्भर हुने भनिएको छ । त्यसका लागि सरकारले कृषकबाट उत्पादित दूधका लागि बजार सुनिश्चित गर्न विराटनगर, पोखरालगायतका स्थानमा दूध सङ्कलन र चिस्यान केन्द्रको स्थापना...