नेपाल आईसीसीको एकदिवसीय वरीयतामा माथि उक्लियो
गोरखापत्र अनलाइन
भाद्र २९, २०७८ मंगलवार
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को विश्व वरीयतामा नेपाल माथि उक्लेको छ । आईसीसीले मङ्गलबार जारी गरेको अन्तर्राष्ट्रिय एकदिवसीयको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १६ औं स्थानमा रहेको थियो ।
न्युजिल्याण्ड भने पहिलो वरीयतामा यथावत छ । दोस्रोमा इंग्ल्याण्ड, तेस्रोमा अष्ट्रेलिया, चौथोमा भारत, पाँचौंमा दक्षिण अफ्रिका र छैठौंमा पाकिस्तान छ । नयाँ वरीयतामा बङ्गलादेश सातौं, वेष्टइन्डिज...