logo
२०८१ मंसिर ९ आईतवार



नेपाल आईसीसीको एकदिवसीय वरीयतामा माथि उक्लियो

क्रिकेट |
खेलकुद |


नेपाल आईसीसीको एकदिवसीय वरीयतामा माथि उक्लियो
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २९ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को विश्व वरीयतामा नेपाल माथि उक्लेको छ । आईसीसीले मङ्गलबार जारी गरेको अन्तर्राष्ट्रिय एकदिवसीयको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १६ औं स्थानमा थियो ।
न्युजिल्याण्ड भने पहिलो वरीयतामा यथावत छ । दोस्रोमा इंग्ल्याण्ड, तेस्रोमा अष्ट्रेलिया, चौथोमा भारत, पाँचौंमा दक्षिण अफ्रिका र छैठौंमा पाकिस्तान छ । नयाँ वरीयतामा बङ्गलादेश सातौं, वेष्टइन्डिज आठौं, श्रीलङ्का ९ औं र अफगानिस्तान १० औं स्थानमा छ । नेदरल्याण्ड्स ११ औं, आयरल्याण्ड १२ औं, जिम्बाबवे १३ औं र स्कटल्याण्ड १४ औं स्थानमा छ ।
नेपालले ओमानलाई उछिनेर एक स्थान माथि उक्लेको छ । विश्वकप क्रिकेट लिग २ मा नेपालले उत्कृष्ट प्रदर्शन गरे आईसीसीको वरीयतामा अझै माथि उक्लिने सम्भावना रहेको छ । नेपालभन्दा माथि रहेको स्कटल्याण्डको ३७ रेटिंग्स छ । स्कटल्याण्डभन्दा नेपालको अङ्क बढी छ । नेपालको अङ्क २८८ र स्कटल्याण्डको २५८ छ ।
नयाँ वरीयतामा यूएई १७ औं र नामिबिया १८ औं तथा अमेरिका १९ र पपूवा न्यूगिनी २० औं स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?