बारामा ५० प्रतिशतले धान उत्पादनमा कमी
रासस
पुष ६, २०७६ आईतवार
बारामा विभिन्न कारणले किसानले लगाएको धान उत्पादनमा यस वर्ष कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । समयमा पानी नपर्नु, रासायनिक मलखादको अभाव र फौजी किराको आक्रमण जस्ता कारणले कृषकले लगाएको चैते, भदैया, अगहनी धानको उत्पादनमा ५० प्रतिशत कमी आएको ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।