सिमकोटका किसान आलुखेतीमा आकर्षित
रासस
चैत्र ३०, २०७८ बुधबार
पछिल्लो समय हुम्लाको सदरमुकाम सिमकोटका किसान परम्परागत बाली छाडेर आलुखेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौँ, उवा, फापर, चिसो र कोदोभन्दा सदरमुकामवासीका लागि आलुखेती मुख्य भएको छ । सदरमुकामवासी आफ्ना उत्पादनलाई बजारमा सहज बिक्री गर्न सकिने भएपछि तरकारी खेतीमा आकर्षित भएका हुन् ।