विद्युत् आयोजनाको प्रगति दर उच्च
गोरखापत्र अनलाइन ,
मंसिर २७, २०७६ शुक्रबार
नेपाल विद्युत् प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणका आयोजनामा वित्तीय प्रगति १०१.५२ प्रतिशत र भौतिक प्रगति लक्ष्यको ८६ प्रतिशत गरेको छ । चालू आर्थिक वर्ष २०७६÷७७ को पहिलो चार महिनामा १३ अर्ब ११ करोड खर्च गर्ने लक्ष्य राखिएकोमा प्राधिकरणले १३ अर्ब ३१ करोड रुपियाँ खर्च भएको जानकारी दिएको छ ।