आम्दानी बढेपछि केरा खेती विस्तार
गोरखापत्र अनलाइन
माघ १४, २०७८ शुक्रबार
आम्दानी धेरै हुने भएपछि सुनसरीका किसान केरा खेतीतर्फ आकर्षित भएका छन् । तरकारीका लागि उपयुक्त जमिन भएको सुनसरीमा अब केराको पनि खेती बढेको हो । सुनसरीको इनरुवा नगरपालिका–९, बबियामा मात्रै ५० भन्दा बढी किसानले केराको व्यावसायिक खेती थालेका छन् । इनरुवाका किसानले सुरु गरेको व्यावसायिक केरा खेतीको दैनिक कारोबार नै तीन लाख रुपियाँभन्दा बढीको हुने गरेको बताइएको छ ।