पाँच महिनामा विद्युत चुहावट तीन प्रतिशतले सुधार, धेरै चुहावट मधेस प्रदेशमा
गोरखापत्र अनलाइन
माघ ९, २०७८ आइतवार
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनामा वितरणतर्फको विद्युत चुहावट २.८२ प्रतिशतले सुधार भएको छ । गत वर्ष ११.९२ प्रतिशत रहेको विद्युत चुहावट हाल २.८२ प्रतिशतले घटाएर ९.१० प्रतिशतमा झारेको प्राधिकरणले जनाएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ को असारसम्ममा नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले यस्तो उपलव्धी हासिल गरेको...