फलामे डन्डीको मूल्य अध्ययन हुँदै
गोरखापत्र अनलाइन
चैत्र २१, २०७८ सोमबार
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फलामे छड तथा डन्डी उत्पादन उद्योगले बुझाएका विवरणको अध्ययन भइरहेको जनाएको छ । विभागले १० दिनअघि विवरण बुझाउन दिएको निर्देशनअनुसार उद्योगीले बुझाएको विवरणको अध्ययन गर्न थालेको हो । विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले नेपाल स्टिल रोलिङ मिल एसोसिएसनमार्फत संयुक्त रूपमा सबै उद्योगीको विवरण आएको र त्यसको अध्ययन गर्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँले उद्योगीबाट...