विद्यालय पुनः सञ्चालनका लागि व्यवस्थापन समितिलाई भूमिका दिन माग
रासस
श्रावण १६, २०७७ शुक्रबार
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोरोना महामारी र बन्दाबन्दीका कारण बन्द विद्यालय सञ्चालनको कार्यविधिमा व्यवस्थापन समितिको भूमिका स्पष्ट गर्न माग गरेको छ ।
सो महासङ्घका अध्यक्ष कृष्ण थापाले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको शिक्षा विकास तथा मानव स्रोत केन्द्रलाई कार्यढाँचाबारे सुझाव दिँदै विद्यालय पुनः सञ्चालनका लागि स्थानीय सरकार र व्यवस्थापन समितिको सक्रिय भूमिका...