किवी खेती– विद्यार्थीलाई सिकाइ विद्यालयलाई आम्दानी
गोरखापत्र अनलाइन
चैत्र १७, २०७८ बिहीबार
बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामस्थित धारा माविको कक्षा दशमा अध्ययनरत विद्यार्थी गत सोमबार विद्यार्थी भन्दा फरक भूमिकामा देखिन्थे । छात्राहरु बारी खन्दै, झार पन्छ्याउँदै, बारीको काँल्ला तास्दै थिए । छात्रहरु विद्यालय भन्दा केही दुरी तलका बाँसधारीबाट असिन पसिन हुँदै बाँस बोकेर विद्यालय करेसा बारीमा ओसार्दै थिए ।