दुर्गम विद्यार्थीको पीडा: गोठालो लागेर समय बिताउँदै
रासस
जेष्ठ २१, २०७७ बुधबार
पाठ्यपुस्तक हातमा लिएर दैनिक विद्यालय जाने यहाँका अधिकांश बालबालिका बन्दाबन्दीका कारण घरायसी काममा व्यस्त भएका छन् ।
नाम्लो, डोको, हँसियाको साथमा घाँस, दाउरा सङ्कलन गरी अभिभावकलाई सघाउने काममा यहाँका बालबालिका व्यस्त रहेको पाइएको हो । देशका अन्य सुविधासम्पन्न ठाउँमा इमेल, इन्टरनेट, टिभी र रेडियो सुनेर दिन कटाउने बालबालिका दुर्गम तथा ग्रामीण क्षेत्रमा भने घरायसी काममा जोतिनुपरेको छ । बिहानै अभिभावकसँग काममा...