logo
२०८१ बैशाख ८ शनिवार



कक्षा कोठा व्यबस्थापनमा सुधारले बालबालिकाको सिकाईमा परिवर्तन

शिक्षा |


कक्षा कोठा व्यबस्थापनमा सुधारले बालबालिकाको सिकाईमा परिवर्तन


रेखीराम राना
पाल्पा, चैत २१ गते । परम्परागत कक्षा कोठको वातावरणमा सामान्य परिवर्तन गर्दा पनि त्यसले बालबालिकाको पठन पाठनमा ठूला असर गर्छ भन्ने उदाहरण पाल्पा जिल्लाका विद्यालयहरुमा देखिएको छ ।
जिल्लामा सञ्चालित सारक्षरता कार्यक्रमले यहाँ अध्ययन्रत बालबालिकाको सिकाई उपलब्धी र कक्षा कोठा व्यवस्थापन व्यापक सुधार ल्याएको छ । जिल्लाको विभिन्न विभिन्न विद्यालयमा सञ्चालित साक्षरता कार्यक्रमले सिकाई उपलब्धी र कक्षा कोठाको वातावरणमा सुधार ल्याएको हो ।
सारक्षरता कार्यक्रम सञ्चालन हुनुअघि बालबालिकाले अक्षर नचिन्ने, पठनपाठनप्रति रुचि नगर्ने र नियमित विद्यालयमा आउने समस्या थियो । साक्षरता कार्यक्रम लागू भएपछि भने बालबालिकाको सिकाई उपलब्धी बढेको तिनाउ–१, कचलस्थित बेलचौउ आधारभूत विद्यालयका प्रधानाध्यापक टोमबहादुर पुनले जानकारी दिनुभयो ।
कक्षा–१ र २ मा कक्षा व्यवस्थापन, भुँइ व्यवस्थापन, स्थानीय स्रोतको प्रयोग गरेर शैक्षिक सामग्रीको प्रयोगले सिकाइ उपलब्धीमा परिवर्तन भएको उहाँले बताउनुभयो । ‘पहिले सिकाई उपलब्धी ४०/५० प्रतिशत थियो साक्षरता कार्यक्रमपछि २० देखि ३० प्रतिशत बढाएको छ उहाँले भन्नुभयो । साक्षरता कार्यक्रमका कारण अन्य कक्षाहरू समेत सुधार गर्न सफल भएको प्रअ पुनको भनाई छ ।
कार्यक्रम सुरु हुनुअघि सो विद्यालयमा अध्ययनरत बालबालिकामा अक्षर नचिन्ने, शव्द सम्बन्धी ज्ञानमा समस्या थियो । उनीहरू विद्यालयमा नियमित जान समेत हिच्किचाउँथे । अहिले भने अक्षर चिनारीमा ९० प्रतिशत सुधार भएको छ भने विद्यार्थी रुचिपूर्वक विद्यालयमा नियमित जाने गरेको स्थानीय अभिभावक पदमबहादुर चिदीले बताउनुभयो । साक्षरता कार्यक्रमले छोराछोरीको पठनपाठन र सिकाइ उपलब्धी सुधार गरेको चिदीले बताउनुभयो ।
शिक्षकलाई समेत साक्षरता कार्यक्रमले उत्साहित बनाएको छ । साक्षरता कार्यक्रमबाट तालिम लिएपछि स्थानीय सामग्रीको प्रयोग बढेको र त्यसले कक्षा कोठा सजावट र शैक्षिक सामग्री प्रयोग गर्न सहयोग पुगेको विद्यालयकी शिक्षिका विमला पुनमगरले बताउनुभयो । कक्षा कोठा व्यवस्थित हुँदा र शैक्षिक सामग्रीले पठनपाठनमा सहज भएको उहाँले बताउनुभयो ।
रुम टु रीडको सहयोगमा बेस नेपालले तिनाउ गाउँपालिकासहितका पालिकामा गरी २० वटा विद्यालयमा विगत चार वर्षदेखि साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । बन्दाबन्दीको अवस्थामा समेत फोन पाठशाला सञ्चालन गरेर बालबालिकालाई घरमै बसेर पढ्ने वातावरण बनाइएको रुम टु रीडका कार्यक्रम अधिकृत ओमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बालबालिकाको पठनपाठनलाई सहजीकरण गर्न रेडियो पाठशाला, सिकाई सामग्री वितरण, अभ्यास पुस्तक प्रयोग, शिक्षक तालिम र नियमित कक्षा अवलोकन र शिक्षक सहयोगलाई निरन्तरता दिइएको छ । कार्यक्रमले बालबालिकालाई सहज रुपमा अक्षर चिनाउने, शव्दको ज्ञान दिने, उच्चारणमा सुधार गर्ने, सुन्ने बानीमा सहयोग पुगेको रुम टु रीडका कार्यकारी फिल्ड व्यवस्थापक राधाकृष्ण हुँमागाईले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?