बुवा वडा सचिव, छोरा हेडमास्टर, विद्यार्थीले किताब पाएन !
गोरखापत्र अनलाइन ,
कार्तिक २२, २०७६ शुक्रबार
आधारभूत तहको विद्यालय व्यवस्था गर्ने जिम्मा वडा कार्यालयको हो । वडा कार्यालयको सचिव बुवा र दुई छोरा मध्ये एक स्कुलको हेड मास्टर र अर्का विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ तर, सोही वडाका विद्यार्थीले शैक्षिक सत्र आधा सकिनै लाग्दा पनि पढ्ने किताब पाएका छैनन् ।